काठमाडौं । एसीसी प्रिमियर कपको लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीप लामिछानेको कप्तानीमा प्रिमियर कप खेल्ने १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।
नेपालले यसपटक युवा टोलीलाई प्राथमिकता दिएको छ । टोलीका नियमित ओपनर कुशल भुर्तेलसँगै सोमपाल कामी टोली बाहिर रहेका छन् ।
मलेसियामा हुने प्रतियोगिता ३० अगस्टदेखि १२ सेप्टेम्बरसम्म चल्नेछ ।
नेपाली टोली :- सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्र सिंह एरी, सन्दीप जोरा, बासिर अहमद, इशान पाण्डे, गुलसन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी,

