सोलुखुम्बुमा ४६ वर्षीय पुरुषको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडामा ४६ वर्षीय तोईबहादुर कटवाल घरमै मृत फेला परेको घटनामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार घटनाको अनुसन्धानका क्रममा सोही स्थानका १९ वर्षीय रोशन भुवनसिंह कार्की पक्राउ परेका हुन्। प्रारम्भिक अनुसन्धानका क्रममा कार्कीले मदिरा सेवनपछि कटवालसँग विवाद भएको र विवादका क्रममा रिसको आवेगमा चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *