काठमाडौँ । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा खड्ग केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा केसीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
यसअघि केसीले उपकुलपति केशरजंग बरालले राजीनामा दिएपछि निमित्त उपकुलपतिको जिम्मेवारी समेत सम्हालेका थिए । त्यस्तै, बैठकले विश्वविद्यालय अनुदान आयोगको सचिवमा प्रा.डा रोजीन श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
