नेपालगंजमा इट्टाभट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

बाँके । नेपालगञ्ज उपमहानगरपालिका –१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ ।

इट्टा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो भने ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते कोरीलाई उपचारका लागि अस्पताल भर्ना गरिएकोमा आज बिहान ३ः३० बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

वर्षादी लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ भने राम फेरन कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *