२१ अंकले घट्यो नेप्से

काठमाडौँ । मंगलबार शेयर बजार नेप्से २१.१५ अंकले घटेको छ । नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज ३४३ वटा कम्पनीको १ करोड ७ लाख ६१ हजार कित्ता शेयर ४ अर्ब ७ करोड ८ लाख रुपैयाँमा किनबेच भएको छ ।

कारोबारमा आएकामध्ये ५९ वटा कम्पनीको मूल्य बढ्दा २१३ वटाको घट्यो । एभरेष्ट कलर लिमिटेडको शेयर १५ प्रतिशतले बढ्यो । त्यस्तै, खानीखोला हाइड्रोपावरको १०.०७, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५.२६ प्रतिशतले शेयर मूल्य बढ्यो ।

सप्तकोशी विकास बैंकको ११.६७, केबीएल डिबेञ्चर २०८६ को ६.८३, गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को ५.८३ प्रतिशतले मूल्य घट्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *