काठमाडौँ । सोमबार शेयर बजार नेप्से सामान्य अंकले घटेको छ । सोमबार नेप्से १.२० अंकले घटेको हो ।
आज ३४९ वटा कम्पनीको १ करोड १४ लाख ४९ हजार कित्ता शेयर ४ अर्ब ५७ करोड रुपैयाँमा किनबेच भएको छ । कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्षस्थानमा रह्यो। सो कम्पनीले २७ करोड ६२ लाख मूल्य बराबरको कारोबार गर्यो।
यस्तै रिडी पावर कम्पनिले २० करोडको कारोबार गर्दा ग्लोबल आईएमई बैंकले १९ करोड,सप्तकोशी डेभलपमेन्टले १७ करोड र एनआरएन एण्ड डेभलपमेन्टले १५ करोडको कारोबार गरे । कारोबारमा आएकामध्ये १२६ वटा स्टक्सको मूल्य बढ्दा १४१ वटाको घटेको छ ।
