काठमाडौँ । सिक्री लुटपाट गरी फरार रहेका व्यक्तिलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । सिक्री लुटपाट गर्ने कर्मा तामाङलाई प्रहरीले बुढानीलकण्ठ नगरपालिका १३ चुनिखेलबाट गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।
शनिबार राति १०ः२५ बजे उनलाई पक्राउ गर्न खोज्दा साथमा रहेको खुकुरीले प्रहरी माथि आक्रमण गर्ने प्रयास गरेपछि तीन राउण्ड गोली प्रहार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
घाइते अवस्थामा नियन्त्रणमा लिइएका तामाङको साथबाट घटनामा प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको छ । उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
