कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । साउन २४ गते आइतबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । इतर पक्षले राष्ट्रिय भेला आयोजनको तयारी गरिरहेका बेला कांग्रेसले बैठक बोलाएको हो ।

इतर पक्षले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी समिति गठन गरेको घोषणा गरिएको हो । विशेष महाधिवेशनपछि कांग्रेसमा देउवा पक्ष र गगन थापा पक्ष छन् ।

निर्वाचन आयोग र सर्वोच्च अदालतले गगन पक्षलाई मान्यता दिएपनि इतर पक्षले त्यसलाई मानेको छैन । इतर पक्षले सर्वोच्चमा फैसला पुनरावलोकनका लागि निवेदनसमेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *