मोरङबाट एक हजार ३३ किलो गाँजा बरामद

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–१०, सोमबारेबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय सिजुवा, मोरङ र सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म बङ्गडा चुनिबारीबाट खटिएको संयुक्त टोलीले उर्लाबारी–आमबारी सडकखण्डमा उर्लाबारीबाट आमबारीतर्फ आउँदै गरेको को १ ख ४३७३ नम्बरको मिनी ट्रकबाट १ हजार ३३ किलो ४८४ ग्राम गाँजा बरामद गरेको हो ।

ट्रकको पछाडि धानको भुसाको बोरामुनि कालो प्लास्टिकमा प्याक गरिएको ३१ पोकामा १ हजार ३३ किलो ४८४ गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

गाँजासहित मिनी ट्रक र ट्रक चालक धनकुटाको पाख्रीबास नगरपालिका–९, हिले बस्ने २८ वर्षीय उमेश तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *