‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक

काठमाडौं । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, चितवनले यस वर्षको पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट ५ कृतिको संक्षिप्त सूची सार्वजनिक गरेको छ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले साउन १५ गते एक विज्ञप्ति जारी गर्दै पुरस्कार चयन प्रक्रियाको दोस्रो चरणमा पाँच वटा पुस्तक छनोट गरिएको जानकारी दिएका हुन्।

निर्णायक मण्डलको सिफारिसबमोजिम पहिलो चरणको विस्तारित सूचीमा परेका १५ पुस्तकहरूमध्येबाट अन्तिम प्रतिस्पर्धाका लागि यी ५ कृतिहरू छानिएका हुन्।

प्रतिष्ठानका अनुसार संक्षिप्त सूचीमा परेका पुस्तकहरूको नाम अकारादि (वर्णानुक्रम) का आधारमा सार्वजनिक गरिएको छ।

सूचीमा क्षितिज समर्पणको तोरकिन, सीमा आभासको महायुग, डा. नवराज केसीको स्वस्पर्श, श्रवण मुकारुङको सलह र नदीशको हिउँद पुस्तक अटाएका छन् ।

प्रतिष्ठानले हरेक वर्ष नेपाली साहित्यमा प्रकाशित उत्कृष्ट कृतिमध्येबाट एउटालाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ। अब अन्तिम चरणमा यिनै ५ कृतिमध्येबाट सर्वोत्कृष्ट ठहरिएको एउटा पुस्तकले यस वर्षको पद्मश्री पुरस्कार प्राप्त गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *