स्वास्थ्य सेवा अवरुद्ध नगर्न स्वास्थ्य मन्त्रालयको अपील

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि पछिल्ला दिनमा भएका कुटपिट र दुव्र्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले घटनामा संलग्न दोषीहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायहरूले आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

विज्ञप्तिमा मन्त्रालयले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील, जीवनरक्षक र अत्यावश्यक सेवा भएकाले नागरिकको उपचार सेवामा कुनै अवरोध नआउने वातावरण सुनिश्चित गर्न सबै अस्पताललाई निर्वाध रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न अपील गरिएको छ।

स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा दिन पाउने अधिकारको संरक्षण गर्दै चिकित्सा पेशाको गरिमा र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्न मन्त्रालयले सबै पक्षलाई आग्रह गरेको छ।

साथै, स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवा निरन्तर सञ्चालनका लागि सहयोग, सहजीकरण र समन्वय गर्न सम्बन्धित सबै निकायसँग मन्त्रालयले अपील गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *