मोरङमा बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ

विराटनगर । मोरङमा एक बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुनवर्षी नगरपालिकाकी एक बालिकालाई साउन ३ गते सिटी चालक मोहम्मद अरमानले प्रलोभनमा पारी रंगेली–७ स्थित युमी क्याफेमा लगेर बलात्कार गरेका थिए। त्यसपछि सोही क्याफेका सञ्चालक सुमन कुमार साहले पनि पीडितामाथि जबरजस्ती करणी गरेको आरोप छ।

प्रहरीका अनुसार साउन ४ गते राति पुनः पीडितालाई रंगेली–७ स्थित द ९० क्याफेमा लगिएको थियो। त्यहाँ करण मण्डल, प्रियान्सु साह र रितिक यादवले सामूहिक बलात्कार गरेको भन्दै उजुरी परेको हो।

उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीको संयुक्त टोलीले साउन १० गते पाँचै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा रंगेली–३ का १८ वर्षीय मोहम्मद अरमान, सुनवर्षी–९ का २१ वर्षीय सुमन कुमार साह, रंगेली–७ का २० वर्षीय करण मण्डल, रंगेली–७ का १८ वर्षीय प्रियान्सु साह तथा रंगेली–६ का १८ वर्षीय रितिक यादव रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *