‘एक्का मिस्सी बादशाह’ निर्माणको घोषणा

काठमाडौं । सञ्जय राईको डेब्यु निर्देशनमा नेपाली सिनेमा ‘एक्का मिस्सी बादशाह’को निर्माण घोषणा गरिएको छ ।

शनिबार निर्देशक राईको जन्मदिनको अवसरमा निर्माण टिमले काठमाडौंमा कार्यक्रम आयोजना गर्दै सिनेमाको घोषणा गरेको हो । कलाकार र प्राविधिक टोली सार्वजनिक गर्दै निर्माण पक्षले सिनेमाको निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ ।

बेलायत बस्दै आएका सञ्जय लामो समयदेखि सिनेमा मेकिङ र निर्देशनप्रति रुचि राख्दै आएका थिए । मोहिनीदेवी राईको प्रस्तुतिमा बन्न लागेको सिनेमामा अभिनेत्री सम्राज्ञी आरएल शाह मुख्य भूमिकामा रहने भएकी छन् । निर्देशक सञ्जयले सिनेमा युवापुस्ताको कथामा आधारित रहेको बताए ।

उनका अनुसार यो अहिलेको सामाजिक सञ्जालको पुस्ता, प्रेम, सम्बन्ध र जीवनका उतारचढावमा केन्द्रित रहनेछ ।

सिनेमामा कार्यकारी निर्माता सुदीप्ता, लाइन प्रोड्युसर एलोन गुरुङ र प्रोजेक्ट सुपरभाइजर सुपथ श्रेष्ठ रहेका छन् । नरेन्द्र मैनालीले छायांकन गर्ने सिनेमामा संगीत निर्माता निकेश कार्की र रोमन बज्राचार्य, स्टाइलिस्ट आशिम रानाभाट तथा सुनिल शिवभक्तिको सम्पादन रहनेछ । यो सिनेमाको छायांकन आगामी फागुनबाट सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *