प्रश्नपत्र बाहिरिएको विषयमा स्ववियुले माग्यो सङ्काय डिन र सहायक डिनको राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनले प्रश्नपत्र बाहिरिएको घटनाको जिम्मेवारी डिन र सहायक डिनले लिुनपर्ने बताएको छ ।

स्ववियु अध्यक्ष दीपक जोशीले विद्यार्थीको मेहनत, विश्वास र विश्वविद्यालयको प्रतिष्ठामाथि आँच आउने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै दोषीमाथि कारबाहीको माग गरेका हुन् । उनले दुई दिनभित्र घटनाबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, प्रश्नपत्र कसरी बाहिरियो, कसको संलग्नता थियो भन्ने विषयमा स्पष्ट जवाफ दिन तथा दोषी जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

उनले भनेका छन्, ‘विद्यार्थीको मेहनत, विश्वास र विश्वविद्यालयको प्रतिष्ठामाथि आँच आउने कुनै पनि गतिविधि स्वीकार्य हुन सक्दैन। परीक्षाको निष्पक्षता र विश्वविद्यालयको गरिमामाथि कुनै सम्झौता हुन सक्दैन। दुई दिनभित्र घटनाबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, प्रश्नपत्र कसरी बाहिरियो, कसको संलग्नता थियो भन्ने विषयमा स्पष्ट जवाफ दिन तथा दोषी जोसुकै भएपनि कानुनबमोजिम कडा कारबाही गर्न नसके व्यवस्थापन सङ्काय डिनले र परीक्षा हेर्ने सहायक डिनले नैतिक जिम्मेवारी महसुस गरी राजीनामा दिनुपर्छ।’

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबिएस) को प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमा नै बाहिरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *