सुनिता दुलालको नयाँ तीज गीत ‘अब त मैले नि झुम्का लगाउँछु’

काठमाडौं । चर्चित गायिका सुनिता दुलालले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ तीज कोसेली ‘अब त मैले नि झुम्का लगाउँछु’ सार्वजनिक गरेकी छन् ।

गीतमा सुनिता दुलाल र खुमन अधिकारीको स्वर रहेको छ। गीतका शब्द नेत्र अर्यालले लेखेका हुन् भने संगीत खुमन अधिकारीले दिएका छन्। श्यामश्वेत रसाइलीले एरेञ्ज, मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी सम्हालेका छन् ।

म्युजिक भिडियोमा अभिनेत्री वर्षा राउत र गायक तथा कलाकार प्रकाश सपुतको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन गम्भीर विष्टले गरेका हुन् भने छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईंले गरेका छन्। सम्पादन तथा कलर प्रवीण भट्टले गरेका छन् भने कोरियोग्राफी सुरेन्द्र बासेलको रहेको छ ।

प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा गोविन्द अनेक रेकर्डिस्ट रहेका छन् । मेकअप प्रिय कार्कीले गरेकी हुन् भने वार्डरोब व्यवस्थापन सङ्गीता अफिसियल, कुपण्डोलले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *