शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौँ । उच्च अदालत पाटनले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । बिहीबार उच्च अदालतका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले अग्रवाललाई थुनामा पठाउने आदेश दिएको हो ।

अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पक्राउ गरेको थियो । दीपक भट्ट र शंकरका छोरा शुलभ अग्रवालसमेत प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा उनलाई प्रतिवादी बनाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *