काठमाडौँ । बिहीबार शेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । बिहीबार नेप्से १४.१७ अङ्कले बढेको हो । आज १५३ वटा कम्पनीको शेयर घटेकोमा १११ वटाको बढेको छ ।
आज एभरेस्ट कलरको शेयर १५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन कुथेली बुखरी स्मल हाइड्रोपवारको शेयर १५ प्रतिशतले घटेको छ । आज ३३८ वटा कम्पनीको १ करोड ७७ हजार कित्ता शेयर ४ अर्ब ६९ करोड रुपैयाँमा किनबेच भएको छ ।
