ट्याङ्लाफाँटमा कारमा भएको आगलागीमा ज्यान गुमाउनेको पहिचान खुल्यो

काठमाडौं । मंगलबार काठमाडौँको कीर्तिपुर ट्याङ्लाफाँटमा कारमा भएको आगलागीमा ज्यान गुमाउनेको पहिचान खुलेको छ । प्रहरीकाअनुसार आगजनीमा परी गुमाउने काठमाडौं–२६ स्थायी घर भइ हाल ग्रिनउड भिलामा बस्दै आएका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ रहेका छन् ।

मृतकका परिवारले उनको सनाखत गरेका छन् । मंगलबार ट्याङ्लाफाँटस्थित चाँदनी चोकमा उनले चलाएको बा.५ च ३०३८ नम्बरको कारमा अचानक आगो लागेको थियो । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । श्रेष्ठको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *