जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि

जनकपुरधाम । तापक्रम वृद्धिभएसँगै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ ।

हाल दैनिक ४०० देखि ५०० जना बिरामी आउने गरेका छन् । यसअघि दैनिक सरदर ३०० जना सेवाग्राही आउने गरेका थिए ।

अस्पतालका निर्देशक डा. आशीष बोहराका अनुसार उपचारका निम्ति आउनेमा बालबालिका र वृद्धवृद्धा बढी छन् । सिरहा, महोत्तरी र सिन्धुलीलगायत जिल्लाका बिरामी अस्पताल आउने गरेका छन् । भारतको विहार राज्यबाट पनि बिरामी आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *