संघीयताको विकृत मोडलको विकल्प खोज्नुपर्छः नेता रिजाल

काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिजालले संघीयताको विकृत मोडलको विकल्प खोज्न ढिला भएको बताएका छन् । प्रदेशहरुमा सत्तागठबन्धनमा दरार आइरहेका सन्दर्भमा नेता रिजालले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘फेरि सातै प्रदेशमा सरकार परिवर्तनको मौसम सुरु भएको छ । ०७९ बाट यताको साढे तीन वर्षमा २८ जना मुख्यमन्त्री र २९१ जना मन्त्री (उही व्यक्ति पटक–पटक दोहोरिँदासमेत) भइसक्दा पनि मुख्यमन्त्री/मन्त्री बन्ने क्रम रोकिएको छैन । प्रदेशसभाको बाँकी १७ महिने अवधिमा अझै कति देख्नुपर्ने हो । संघीयताको यस विकृत मोडलको विकल्प खोज्न ढिला भइसकेको छ । प्रदेश नै चाहिने हो भने मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्ने प्रावधानमा जाँदा कम्तीमा संघीयता नै बद्नाम हुने गरी प्रदेशहरुलाई मुख्यमन्त्री/मन्त्री उत्पादनका कारखाना बन्नबाट बचाउन सकिन्छ होला ।’

प्रदेशमा एमाले र कांग्रेस गठबन्धनबीच विवाद सुरु भएको छ । कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीहरुले राजीनामा दिएका छन् भने सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्री बर्खास्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *