सुन तोलाको दुई लाख ८५ हजार २००

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ४०० रुपैयाँले बढेको छ भने चाँदी ९० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला छापावाल सुनको मोल दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३२५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो एक तोला सुन दुई लाख ८४ हजार ८०० र चाँदी चार हजार ४१५ मा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५९ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *