प्रधानमन्त्री बालेन्द्र शाह र रवि लामिछानेबीच चार घण्टा छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच आइतबार बुढानिलकण्ठस्थित लामिछाने निवासमा करिब चार घण्टा भेटवार्ता भएको छ ।

भेटमा सुकुम्बासी व्यवस्थापन, गणेश नेपालीको आत्मदाह प्रकरण, सरकारका कामकारबाही तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

छलफलका क्रममा लामिछानेले सुकुम्बासी व्यवस्थापनलाई संवेदनशील रूपमा अघि बढाउँदै वास्तविक पीडितलाई न्यायोचित समाधान दिन आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री शाहले सरकारले समस्या समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको बताएका स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *