कांग्रेसको नीति प्रतिष्ठानमा ६ उपसमिति संयोजक चयन

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न ६ उपसमितिका संयोजक चयन गरेको छ ।

प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको पाँचौं बैठकले प्रतिष्ठानलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ विभिन्न उपसमितिका संयोजकको जिम्मेवारी तोकेको हो।

निर्णयअनुसार अपांगता, संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तिकरण उपसमितिको संयोजकमा रेशम गुरुङ, दुव्र्यसनमुक्त समाजका लागि सचेतना तथा समन्वय उपसमितिको संयोजकमा डा. डी.बी. सुनार, पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिको संयोजकमा विज्ञान प्रसाईं, सार्थक सम्प्रेषण उपसमितिको संयोजकमा मोहन गजुरेल तथा कृषि तथा कृषि उद्यम उपसमितिको संयोजकमा सिताराम काफ्लेलाई जिम्मेवारी दिइएको छ ।

प्रतिष्ठानले उपसमितिमार्फत नीति अनुसन्धान, समन्वय, प्रशिक्षण तथा विषयगत कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने लक्ष्यसहित संयोजक चयन गरिएको जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *