‘मलाई बोल्न दे सरकार’ भन्दै काठमाडौंमा अखिल नेपाल युवक संघको प्रदर्शन

काठमाडौं । अखिल नेपाल युवक संघले सरकारको जनविरोधी नीति तथा सुकुम्बासीमाथि भएको व्यवहारको विरोध गर्दै आइतबार माइतीघरमण्डलामा प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘हत्यारा सरकार मुर्दावाद’,‘सुकुम्बासीमाथि अमानवीय व्यवहार बन्द गर’, ‘मलाई बोल्न दे सरकार’, ‘बालेन–सुदनको अराजकताले सुकुम्बासी जनताको उठीबास’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

संघले सरकारका जनविरोधी निर्णय फिर्ता लिन, सुकुम्बासीमाथि भइरहेको दमन रोक्न तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न माग गर्दै विरोध कार्यक्रम गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *