केही मन्त्रीमा विनयशीलता फिटिक्कै देखिएनः पूर्वमन्त्री खनाल

काठमाडौँ । पूर्वमन्त्री रामेश्वर खनालले कुनै पनि पार्टी ठिक छैनन् भन्ने मत बढ्दै जानु मुलुकका लागि घातक हुने बताएका छन् ।

मुलुकमा पछिल्लो समय भइरहेको गतिविधिप्रति लक्षित गर्दै खनाले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘जे भैरहेको छ, सबै ठीक भएको छैन । उनीहरू खराब थिए, यी पनि खराबै रहेछन्, कुनै पार्टी ठीक छैनन् भन्ने मत बढ्दै जानु कदापि राम्रो होइन।’

उनले स्थिति सुधार्ने प्राथमिक दायित्व सत्ताको भएपनि त्यस्तो नभएको बताए । उनले भनेका छन्, ‘स्थिति सुधार्ने प्राथमिक दायित्व सत्ताकै हो। तर केही मन्त्रीमा विनयशीलता फिटिक्कै देखिएन!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *