काठमाडौँ । काठमाडौँको कीर्तिपुरस्थित सुन्दरीघाट राधास्वामी सुकुम्बासी होल्डिङ्ग सेन्टरमा बाढी पसेको छ ।
लगातारको बर्षाका कारण बागमती नदीको बहाव बढेर डुवान परेकोले गएराति साढे एक बजे सशस्त्र प्रहरीको दंगा नियन्त्रण रेजिमेन्टबाट ३० जना र नेपाल प्रहरीको ३० जनाको संयुक्त टोली खटिई १५४ जना मध्ये ५४ जनालाई उद्धार गरी त्रिवि स्मृति भवनमा लगिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार उनीहरुमध्ये ६ जना होस्टलमा बसेका र ९४ जना जान नमानी त्यहीँ पानी नभएको स्थानमा बसेका छन् । उनीहरुका लागि खाना, पानी र अन्य आवश्यक खाद्यान्नको व्यवस्थापन भइरहेको प्राधिकरणले जनाएको छ ।
