आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन

काठमाडौँ । बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।

वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा शुक्रबार उनको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिएका छन् ।

उनलाई थप उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारीसमेत गरिएको थियो । तर अवस्था स्थिर नभएसम्म चिकित्सकले लैजान नमिल्ने बताएपछि भारत लैजाने प्रक्रिया स्थगित भएको थियो ।

राइडरको काम गर्ने उनी रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि शुक्रबार दिउँसो आत्मदाहको प्रयास गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *