प्रधानमन्त्रीद्वारा ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त

काठमाडौँ । सरकारले ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्त गरेको छ । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन साहले ६ वटा प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदमा सिफारिस समितिले गरेको सिफारिस अनुसार उपकुलपति नियुक्त गरेका हुन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डा विवेक आचार्य नियुक्त भएका छन् । त्यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा नविसमान सिंह प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा नारायणसिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलतिमा डा सूर्यमान म्याहाङम्बो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा अजयकुमार मिश्र नियुक्त भएका छन् ।

सरकारले गत जेठ ४ गते ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको थियो। जसमा ६ वटा प्रतिष्ठानका लागि कुल ११३ जनाले दरखास्त दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *