नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएका शंकास्पद व्यक्तिमाथि थप अनुसन्धान गर्न नारायणकाजीको आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएका अन्य शंकास्पद व्यक्तिमाथि थप अनुसन्धान अघि बढाउन सरकारसँग आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत श्रेष्ठले आफू गृहमन्त्री रहेका बेला तत्कालीन सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत उक्त प्रकरणको अनुसन्धान गराई मुद्दा दायर गरिएको स्मरण गराएका छन् ।

उनले अदालतले त्यतिबेला आरोपित मुख्य दोषीहरूलाई दोषी ठहर गरेको फैसला राष्ट्रको छवि नै धमिल्याउने घटनाको टुंगो लगाउने दिशामा महत्त्वपूर्ण भएको भन्दै त्यसप्रति सन्तोष व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *