काठमाडौं । फिफा विश्वकप-२०२६ को अन्तिम १६ को समीकरण पुरा भएको छ । शनिबार बिहान भएको अन्तिम १६ को खेलमा घानालाई हराउँदै कोलम्बियाले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेपछि प्रि-क्वाटरफाइनलको समीकरण पूरा भएको हो ।
अन्तिम १६ बाट हेभिवेट राष्ट्र जर्मनी, नेदरल्यान्ड्स, क्रोएसिया, सेनेगल, जापान बाहिरिएका छन् । अब आज रातिबाट अन्तिम १६ को खेल शुरु हुनेछ ।
आज हुने अन्तिम १६ को पहिलो खेलमा क्यानडा र मोरोक्को भिड्नेछन् ।
अन्तिम १६ का खेलहरु
क्यानडा विरुद्ध मोरोक्को
पाराग्वे विरुद्ध फ्रान्स
ब्राजिल विरुद्ध नर्वे
मेक्सिको विरुद्ध इंग्ल्याण्ड
पोर्चुगल विरुद्ध स्पेन
अमेरिका विरुद्ध बेल्जियम
अर्जेन्टिना विरुद्ध इजिप्ट
स्विट्जरल्यान्ड विरुद्ध कोलाबिया
