नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सुरुवात गर्ने सवालमा सरकारको एकसय दिन सफलः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको एकसय दिन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सुरुवात गर्ने सवालमा सफल भएको बताएका छन् ।

शुक्रबार पार्टीको अभिमुखीकरण कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै सभपति लामिछानेले सरकारको १०० दिन सुशासनमा केन्द्रित भएको बताएका हुन् । उनले आएका सुझावको आधारमा केही कमीकमजोरी रहेछ भने सच्चाएर अघि बढ्ने बताए ।

उनले भने, ‘तत्काल देखिने नतिजाहरूमा पनि काम निरन्तर भएकै छ। सुशासन सरकारको अहिलेको प्राथमिकता हो। जहाँ नागरिकको भिड हुन्छ, जहाँ आम नागरिकले सेवा प्राप्त गर्ने हुन्छ, तिनलाई डिजिटल, तिनलाई होम डेलिभरी अथवा तिनलाई कम झन्झटिलो बनाउने क्रमको सुरुवात भएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *