बैतडीको पाटनमा बस दुर्घटना

बैतडी । बैतडीमा यात्रुवाहक बस दुर्घटना भएको छ । धनगढीबाट बैतडीतर्फ आइरहेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो ।

बस सडकबाट ६० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाको क्षतिको विवरण भने आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *