पेसावर । पश्चिमी पाकिस्तानमा शुक्रबार एउटा यात्रुबहाक बस सडकबाट झरेर २० मिटर भन्दा तल खोलामा खसेर दुर्घटना हुँदा, कम्तिमा ४० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
क्वेटाबाट पेशावर जाँदै गरेको यात्रु वहाक बस पाहाडी दाना सार क्षेत्रको गहिरो खोलामा खस्दा ४० जनाको मृत्यु भएको र अन्य ११ जना घाइते भएको पुष्टि भएको झोब जिल्लाको आपतकालीन केन्द्रका प्रमुख सनाउल्लाह सेरानीले बताएका छन् ।
दुर्घटनामा घाइते भएका यात्रुहरूलाई अस्पताल लगिएको बताउँदै तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सेरानीले बताए । बस करिब २१ देखि २४ मिटर खोलामा तल खसेर दुर्घटना भएको सेरानीले बताएका छन् ।
दुर्गम पहाडी क्षेत्रमा दुर्घटना भएको कारण, उद्धारमा कठिनाइहरूको सामना गर्नुपरेको उनले बताए ।
