प्रतिगमनकाविरुद्धमा अघि बढेका शक्तिबीच सहमति गरी सरकार गठन गर्नुपर्छः उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक समस्या समाधानका निम्ति निर्वाचन आयोगले निष्पक्ष रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद निरुपण गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले प्रतिगमनका विरुद्धमा अघि बढेका शक्तिहरु बीच सहमति गरी सरकार गठन गर्नुपर्ने बताए ।

सरकारको प्रधानमन्त्री को भन्ने भन्दा पनि प्रणालीलाई संस्थागत गर्नु महत्वपूर्ण कुरा भएको उनले बताए । उनले भने, ‘जो प्रतिगमनका विरुद्धमा, असंवैधानिक कदमका विरुद्धमा लोकतन्त्रका लागि अघि बढे । ति सबै शक्ति बसेर सहमति किन नगर्ने ? साझा चिन्ताको आधारमा अर्को सरकार गठन गर्ने । अहिलेको अवस्थामा सरकारको प्रधानमन्त्री को बन्ने भन्दापनि सिस्टमलाई कसले जोगाउने ? संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसले संस्थागत गर्ने त्यो महत्वपूर्ण कुरा हो ।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले छिट्टै निर्वाचन गर्ने सहमतिका साथ ओली बाहेकका शक्तिहरु मिलेर चुनावी सरकार बनाउनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *