राहदानी छपाई अनियमितता प्रकरणमा पाँच जनासँग धरौटी माग

काठमाडौँ । विशेष अदालतले राहदानी छपाई अनियमिततासम्बन्धि मुद्दामा पाँच जनासँग धरौटी माग गरेको छ । सोमबार विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पाँच जनालाई धरौटी र दुई जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसँग पाँच लाख, निर्देशक सुनिल केसीसँग चार लाख, सोमेश थापासँग तीन लाख, विपिन प्रसाईसँग तीन लाख तथा जर्मन कम्पनीका एजेन्ट मणिन्द्रकुमार मल्लसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको हो ।

इजलासले उपसचिहरू तुललसीप्रसाद आचार्य र राजाराम दाहाललाई भने साधरण तारेखमा छाड्न आदेश दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० अर्बभन्दा बढी बिगो कायम गरी गत साता १६ जना र दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *