सुनको मूल्य  तोलामा चार हजार ७०० ले बढ्यो

 

काठमाडौँ । नेपाली बजारमा आइबार सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा चार हजार ७०० र चाँदी १४५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला छापावाल सुन  दुई लाख ८३ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३२५ कायम भएको छ ।

गत शुक्रबार एक तोला सुन रु दुई लाख ७९ हजार १०० र चाँदी रु चार हजार १८० मा कारोबार भएको थियो ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार आठ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *