काठमाडौं । बेल्जियम समूह ‘जी’को विजेता बन्दै फिफा विश्वकप-२०२६ को अन्तिम ३२ मा पुगेको छ । शनिबार बिहान भएको खेलमा न्युजिल्याण्डलाई ४-१ गोलले पराजित गर्दै बेल्जियम समूह विजेता बनेको हो ।
बिसी प्लेस भान्कोउभेरमा भएको खेलमा बेल्जियमलाई जित दिलाउन लिएन्द्रो ट्रोसार्डले दुई तथा रोमेलु लुकाकु, एलेक्सिस सालेमेकर्स र केभिन डी ब्रुयनले समान एक/एक गोल थपे । न्युजिल्याण्डको लागि इलिजा जस्टले एक गोल फर्काए । खेलको २८ औँ मिनेटमा ट्रोसार्डले गोल गर्दै बेल्जियमलाई शुरुवाती अग्रता दिलाएका थिए ।
५० औँ मिनेटमा ट्रोसार्डले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमको अग्रता दोब्बर बनाए । ६६ औँ मिनेटमा डी ब्रुयनले गोल गर्दै बेल्जियमलाई सहज जिततर्फ अगाडि बढाएका थिए । ८४ औँ मिनेटमा न्युजिल्याण्डको लागि जस्टले सान्तवना गोल गरे । यस्तै ८६ औँ मिनेटमा मैदान छिरेको एक मिनेट बित्न नपाउँदै लुकाकुले गोल गर्दै बेल्जियमलाई ४-१ गोलको अग्रता दिलाए । यस्तै दोस्रो हाफको इन्जुरी समयको पाँचौ मिनेटमा एलेक्सिस सालेमेकर्सले गोल गर्दै बेल्जियमलाई ५-१ गोलको जित दिलाएका हुन् ।
यस्तै आजै भएको समूहको अर्को खेलमा इजिप्ट र इरानले १-१ गोलको बराबरी खेलेका हुन् ।
जितसँगै बेल्जियम ३ खेलबाट ५ अंक जोड्दै शीर्ष स्थानमा रहँदा इजिप्ट ५ अंक सहित दोस्रो, इरान तीन अंक सहित तेस्रो र न्युजिल्याण्ड एक अंक सहित चौथो स्थानमा रहे ।
