पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

भ्याटिकन सिटी । पोप लियो चौधौँले भूकम्प प्रभावित भेनेजुएलालाई ‘प्रारम्भिक’ आपतकालीन सहायताको रूपमा एक लाख युरो (करिब एक लाख १४ हजार अमेरिकी डलर) पठाएको भ्याटिकनले जनाएको छ ।

यो रकम पोपको परोपकारी कार्य र कठिनाइमा परेका जनतालाई सहायता पु¥याउने भ्याटिकनको कार्यालय एपोस्टोलिक अल्मोन्री बाट उपलब्ध गराइएको हो।

“यो ‘प्रारम्भिक रहयोग’ ले आपतकालीन राहत प्रयासहरूलाई सहयोग गर्नेछ,” भ्याटिकनको आधिकारिक समाचार वेबसाइट भ्याटिकन न्यूजले भनेको छ ।

भेनेजुएलामा बुधबार राति ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पसहितका सयौँ पराकम्पन गएका छन् । अहिलेसम्मको प्रारम्भिक तथ्याङ्कअनुसार कम्तीमा १६४ जनाको मृत्यु भएको छ ।

अर्थतन्त्र र सामाजिक सङ्कटबाट पहिले नै कमजोर भइसकेको भेनेजुएलालाई क्युबा, इरान, इटाली, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घलगायत धेरै देशहरूले सहयोगको प्रस्ताव गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *