क्रोएसियाद्वारा पानामा पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबलमा क्रोएसियाले पानामालाई १–० गोलले पराजित गरेको छ । बुधबार बिहान भएको खेलमा एन्टे बुडिमिरको एक मात्र गोलमा क्रोएसियाले पानामालाई हराएको हो ।

क्यानडाको टोरन्टो स्टेडियममा भएको खेलमा क्रोएसियाका लागि बुडिमरले दोस्रो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्यो । जितसँगै क्रोएसियाको नकआउट चरण पुग्ने सम्भावना कायम रहेको छ भने पानामा प्रतियोगिताबाट बाहिरिएको छ ।

बुडिमिरले ५३औँ मिनेटमा जोसिफ स्टानिसिकको पासमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । त्यसपछि दुवैले टोलीले गोल गर्ने प्रयास गरेपनि थप गोल भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *