रास्वपा महाधिवेशनको बन्दसत्र स्थगित

चितवन । चितवनमा जारी रास्वपा महाधिवेशनको बन्दसत्र स्थगित भएको छ । आज बिहान ८ः३० बजे तोकिएको बन्दसत्र सुरु नभई स्थगित भएको हो । प्रतिनिधिको नाममा देखिएको विवाद नटुंगिएपछि बन्दसत्र स्थगित गरिएको हो ।

निर्वाचन प्रमुख भुवन केसीले बन्दसत्र भोलि बिहानदेखि सुरु गर्ने तय भएको जानकारी दिएका छन् ।

यसअघिको कार्यतालिकाअनुसार आज मनोनय दर्तादेखि अन्तिम नामावली प्रकाशन गर्ने र मंगलबार निर्वाचन गर्ने तय भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *