स्विडेनमाथि नेदरल्यान्ड्सको फराकिलो जित

काठमाडौं । फिफा विश्वकप-२०२६ मा नेदरल्यान्ड्सले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा नेदरल्यान्ड्सले स्विडेनलाई ५-१ गोलले पराजित गरेको हो ।

होस्टन स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सलाई जित दिलाउन ब्रियन ब्रोबी र कोडी गाक्पोले समान एक/एक गोल गर्दा क्रिसेन्सियो सम्मरभिल्लेले एक गोल थपे । स्विडेनको लागि एन्थोनी इलान्गाले एक गोल फर्काए । खेलको पाँचौ मिनेटमा ब्रोबीले गोल गर्दै नेदरल्यान्ड्सलाई शुरुवाती अग्रता दिलाएका थिए । १७ औँ मिनेटमा ब्रोबीले व्यक्तिगत दोस्रो गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए ।

४७ औँ मिनेटमा गाक्पोले गोल गर्दा नेदरल्यान्ड्स फराकिलो जिततर्फ अगाडि बढेको थियो । ५४ औँ मिनेटमा गाक्पोले व्यक्तिगत दोस्रो गोल गर्दै नेदरल्यान्ड्सलाई ४-० गोलको अग्रता दिलाए । ५९ औँ मिनेटमा इलान्गाले स्विडेनको लागि सान्तवना गोल गरे ।

यस्तै ८९ औँ मिनेटमा सम्मरभिल्लेले गोल गर्दै नेदरल्यान्ड्सलाई ५-१ गोलको जित दिलाएका हुन् । जितसँगै स्विडेन २ खेलबाट ४ अंक जोड्दै समूह ‘एफ’को शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ३ अंक जोडेको स्विडेन दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *