गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज पौडेलले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने बताएका छन् ।

ट्राङ्क्विलिटी स्पाले शुक्रबार रुपन्देहीको भैरहवामा आयोजित गरेको एक कार्यक्रममा उनले यसको लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए  ।

राजनीतिक तथा कुटनीतिक कारणले विमानस्थल नचलेको भन्ने कुरामा  सत्यता नरहेको उनको भनाइ थियो । मन्त्री पौडेलले नीतिगत त्रुटी मूलभूत कारण भएको उल्लेख गर्दै यसलाई सच्याउने कार्य भइरहेको उनको भनाइ छ ।

पौडेलले भने, “घरमै बसेर श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको छ ।  यसका लागि काठमाडौँ जान पर्दैन ।  ”

मन्त्री पौडेलले जहाजमा केवल नेपाली श्रमिकलाई विदेश लैजाने र घर ल्याउनेभन्दा पनि पर्यटक (यात्रु) ल्याउन प्रवद्र्धनका कार्यक्रम गर्न आवश्यक रहेको बताए । उनले भविष्यमा निजगढ विमानस्थल पनि बन्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *