स्कटल्याण्डमाथि मोरोक्कोको जित

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत भएको समूह ‘सी’को खेलमा मोरोक्को विजयी भएको छ । शनिबार बिहान भएको खेलमा स्कटल्याण्डलाई १-० गोलले हराउँदै मोरोक्कोले जारी विश्वकपमा पहिलो जित निकालेको हो ।

बोस्टन स्टेडियममा भएको खेलको दोस्रो मिनेटमा ब्राहिम डियाजको पासमा इस्माइल सैबारीले गरेको गोलनै मोरोक्कोलाई जित दिलाउन पर्याप्त बन्यो ।

जितसँगै मोरोक्को दुई खेलबाट ४ अंक जोड्दै समूह ‘सी’को शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ३ अंक जोडेको स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ ।

आजै हुने अन्य खेलमा ब्राजिल र हाइटी तथा टर्की र पाराग्वे भिड्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *