काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार बिहान बोर्डले परीक्षाफल प्रकाशन गरेको हो ।
बोर्डका अनुसार नियमत र आंशिकतर्फ ४ लाख १८ हजार १ सय ७० सहभागी भएकोमा दुई लाख ६८ हजार १ सय ९० ग्रेडेड भएका छन् । कुल उत्तीर्ण (ग्रेड प्राप्त) प्रतिशत ६४.१३ रहेको बोर्डले जनाएको छ ।
यस वर्ष कुल ४० परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।
