सुन तोलाको दुई लाख ९७ हजार ३००

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन तोलामा एक हजार २०० र चाँदी १० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार बुधबार एक तोला सुनको मोल दुई लाख ९७ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी चार हजार ९८० कायम भएको छ ।

हिजो मङ्गलबार एक तोला सुनको मोल रु दुई लाख ९८ हजार ५०० र चाँदी रु चार हजार ९९० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३४९ र त्यति नै परिमाणको सेतो धातुको ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *