एजेन्सी । फरवार्ड लियोनल मेस्सीले गोलगरेपछि अर्जेन्टिनाले फिफा विश्वकप-२०२६को आफ्नो पहिलो खेलमा शुरुवाती अग्रता लिएको छ । कान्सास सिटी स्टेडियममा जारी खेलको पहिलो हाफको समाप्तिमा अर्जेन्टिनाले अल्जेरियामाथि १-० गोलको अग्रता लिएको हो ।
खेलको १७ औँ मिनेटमा मेस्सीले सुन्दर गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका हुन् । यसअघि छैटौँ मिनेटमा फार्बेस चाइबीले गरेको गोल भीएआरले अफसाइड दिँदा अर्जेनिया निराश बनेको थियो ।
अब केहिबेरमा दोस्रो हाफ शुरु हुनेछ ।
