सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीलाई दिइएको छ ।

यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णुप्रसाद भट्ट सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सरुवा भएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक कार्कीलाई सो जिम्मेवारी दिइएको हो ।

उनलाई मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना spokesperson@apf.gov.np  मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *