एजेन्सी । फिफा विश्वकप २०२६ को उद्धाटन खेलमा मेक्सिको विजयी भएको छ । बिहीबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको मेक्सिकोले ९ खेलाडीमा समेटिएको दक्षिण अफ्रिकालिई २-० गोलले पराजित गरेको हो ।
मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिकोलाई जित दिलाउन जुलियन कुइनोनेस र राउल जिमेनेजले समान एक/एक गोल गरे । खेलको नवौं मिनेटमा इरिक लिराको पासमा जुनियनले गोल गर्दै मेक्सिकोलाई शुरुवाती अग्रता दिलाएका हुन् ।
दोस्रो हाफको चौथो मिनेटमै स्फेफेलो सिथोल रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि दक्षिण अफ्रिका १० खेलाडीमा समेटिएको थियो । ६७ औँ मिनेटमा रोबेर्टो अल्भार्दोको क्रसमा जिमेनेजले हेडर गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए ।
८४ औँ मिनेटमा मेक्सिकोका अल्भार्डोलाई अनुहारमा हानेपछि ठेम्बा ज्वाने रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि दक्षिण अफ्रिका ९ खेलाडीमा समेटिएको थियो । यस्तै इन्जुरी समयमा सेसार मोन्टेस रातो कार्ड पाउँदै बाहिरिएपछि मेक्सिकोपनि १० खेलाडीमा समेटिएको थियो । उनले गोल गर्ने अवसरमा मुडानुलाई डी-बक्स बाहिर लडाएका लिए ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा मेक्सिको २-० गोलले विजयी भएको हो ।
जितसँगै मेक्सिको तीन अंक जोड्दै समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ ।
