सुदन गुरुङ फेरि गृहमन्त्री बन्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुदन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री बालेन साहलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न लागेका हुन् । आज दिउँसो ३ बजे उनको शपथ कार्यक्रम तय गरिएको छ ।

शेयर खरिद र विवादास्पद व्यवसायी दीपक भट्टसँगको साझेदारीका विषयमा प्रश्न उठेपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । यसबारे अनुसन्धान गर्न मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो ।

छानबिन समितिले आफ्नो अध्ययनपछि गुरुङलाई सफाइ दिएको थियो । गुरुङका सबै सेयर र सम्पत्ति मगाएर अध्ययन गर्दा उनीमाथिको आरोप पुष्टि हुन नसकेको निष्कर्ष समितिले निकालेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *