काठमाडौँ । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । विपक्षी दलहरूले कार्यसूचीमा प्रवेश गर्न नदिएपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँसेर भोलिसम्मका स्थगित गरिएको हो ।संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै मङ्गलवार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको जनाएका छन् ।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन साहले प्रतिनिधिसभा बैठकमा नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने, प्रधानमन्त्रीले रोष्टममा उभिएर माफी माग्नुपर्ने माग राख्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन् ।
